spot_img
spot_img
spot_img

यू- १९ साफ च्याम्पियनसिपको पहिलो खेलमा भारतले बंगलादेशलाई हरायो

spot_img

एजेन्सी ।

यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३—० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । खेलको प्रारम्भदेखि नै भारतले बंगलादेशलाई दबाबमा राखेको थियो । पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थपेको थियो । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा भारतका लागि पहिलो गोल जी। गोभर्भले गरेका थिए । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए ।
यसैगरी दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा नाओबा मेइतेईले गरेका थिए । टोलीका लागि तेस्रो गोल भने दोस्रो हाफको अन्तिम समयमा अर्जुनसिंह ओइनामले गरेका थिए । साफमा च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको । समूह ‘बी’ मा तेस्रो टोलीको रुपमा भुटान रहेको छ । समूह ‘ए’ मा भने आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल बिहीबार साँझ पाकिस्तानसँग खेल्दैछ । प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img