spot_img
spot_img
spot_img

राहत शिक्षकहरुको आन्दोलन आज पनि जारी

spot_img

काठमाडौं ।

राहत शिक्षकहरुले आज बिहिबार पनि आन्दोलन गरेका छन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका हुन ।

शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिइरहेका हुन् । उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img