काठमाडौं ।
आज बिहीबार विश्व रेबिजविरुद्धको दिवस मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाउने गरिन्छ ।यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ रहेको छ ।
नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??