देवदह ।
देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ। टेलिभिजनको देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले टेलिभिजनको नयाँ लोगो अनावरण गर्दै उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा बोल्दै उप प्रमुख गुरुङले स्थानीय सरकारले विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको अवस्थामा सबै सञ्चार माध्यम, पत्रकार एवं सबै नगरवासिले विकासका लागि काम गर्नुपर्ने बताउनुभयो। उहाले नगरपालिकाले गरेका हरेक गतिविधिलाई आम नागरिक सामु पुर्याउन मिडिया भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो। उहाले नगरलाई समृद्ध गराउन स्थानीय मिडियाको ठुलो भुमिका हुने बताउनुभयो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको पुर्व नगर प्रमुख हिरा केसीले संचार माध्यमले सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिका वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, स्वतन्त्र पत्रकार महासंघ केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, महामाया भवानी मा.विका प्रधानाध्यापक ऋषिश्वर अर्याल, ग्रीन पलान्ट आवसिय मा.वि का प्रिन्सिपल राजिव सापकोटा, केरवानी मा.वि विद्यालय व्यवस्थापन समितिको कार्यवाहक अध्यक्ष सुशिला भट्टराई, केरवानी मा.वि का प्रधानाध्यापक निर्मल ढुङ्गाना, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोख्रेल लगाएतले बोल्दै टेलिभिजनको प्रगतिको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम देवदह टेलिभिजनका अध्यक्ष विष्णु ढकालको अध्यक्षता, सचिव गोबिन्द ज्ञवालीको स्वागत र संचारकर्मी कमला अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।