काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग पराजित भएको छ ।देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सोझो सेटमा हराउदै जित हासिल गरेको हो ।
पहिलो पटक एसियाड खेलेको नेपाली महिला भलिबल टोलीले डेब्यु खेलमा भियतनामविरुद्ध कमजोर प्रदर्शन गर्दा सहजै पराजित भएको हो । नेपाली महिला टोलीले खेलेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??