spot_img
spot_img
spot_img

बझाङमा भुकम्पले दर्जनभन्दा बढी घर भत्किए

spot_img

बझाङ ।  बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जादा दर्जनभन्दा बढी घर भत्किएका छन ।  आज दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प जादा थलारा गाउँपालिका–९ काे सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सिरेटामा ४० वटा घर पूर्णरूपमा क्षति भएको बताईएको छ । अहिले क्षतिकाे विवरण लिने काम भइरहेकाे छ । यसअघि दिउँसाे २ बजेर ४० मिनेटमा बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img