एजेन्सी । युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज मिसाइल खसालेको बताएको छ । ती ड्रोन र मिसाइल इरानद्वारा निर्मित हुन् । मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमा हवाई आक्रमणको अभियान पुनः सुरु गरिरहेको किएभले बताएको छ ।
गत वर्ष ती पूर्वाधारमा आक्रमण हुँदा लाखौँ मानिस पानी र तातोबिना बस्न बाध्य भएका थिए । दक्षिणी क्षेत्रको माइकोलाइभ र मध्यक्षेत्रको निप्रोपेट्रोभस्कका जिम्मेबार फौजले उक्त मिसाइल र ड्रोनहरू खसालेको सेनाले विज्ञप्तिमा जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??