कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा दुबै जनाको मृत्यु भएको छ। बाणगंगा नगरपालिका– ९ भलवाड जिनुवाका ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको थियो ।
उनीहरुलाई घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र सर्पले डसेको थाहा पाएलगत्तै बिहान गोरुसिँगेस्थित सर्पदशं उपचार केन्द्रमा लगिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा उपचारका क्रममा ३ वर्षीया बालिका रितिका र आठ वर्षीया इशिका दुबैजनाको ज्यान गएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??