रुपन्देही । देशका धेरै ठाउँमा लगातार तीन दिनदेखि परेको झरी रोकिएको छ । आज बिहानैदेखी धेरै ठाउमा घाम लागीरहेको छ । गएरातिदेखि नै मौसममा सुधार देखिएको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अब तत्काललाई ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो । मनसुनी प्रणाली कायमै रहेकाले बेलुकीपख भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । झरी रोकिएसँगै किसानलाई राहत मिलेको छ । लगातारको झरीका कारण तराई क्षेत्रमा पाकेको धानमा नोक्सानी हुन थालेको थियो ।