spot_img
spot_img
spot_img

कोलिय देवदह साकोसको अध्यक्षमा सापकोटा निर्वाचित

spot_img

देवदह । कोलीय देवदह बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । विभिन्न सहकारीहरुसँग एकिकृत कारोवार गर्दै आफ्नो क्षेत्र विस्तार गरेको गरेको सहकारीको अधिवेशनले आगामी कार्यकालको लागि ऋषिराम सापकोटालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा रमा न्यौपाने, सचिवमा कृष्णराज पोडेल, कोषाध्यक्षमा हरि भण्डारी निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक पौडेलले जानकारी दिनु भयो।

यसैगरी संचालक समितिको सदस्यहरुमा दुर्गादत्त कडेल, पर्शुराम उपाध्याय, लक्ष्मी सिग्देल, धनप्रसाद भूषाल, विन्दु शर्मा, सम्झना दुवे, ताराप्रसाद खरेल, वावुराम अर्याल, खैराज शर्मा, पिताम्वर खराल, पार्वती न्यौपाने निर्वाचित हुनुभएको छ । सहकारीको लेखा समितिको संयोजकमा हरिप्रसाद ढुंगाना, सदस्यमा कोषबहादुर गुरुङ्ग र लक्ष्मी गैरे निर्वाचित हुनुभएको छ ।

निर्वाचित अध्यक्ष सापकोटाले यो चार वर्षको अवधिमा देशकै नमुना सहकारीको रुपमा अगाडि बढाउने र आम जनताको सहकारी बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img