spot_img
spot_img
spot_img

सहकारीहरुलाई उत्पदानसंँग जोडिन नगर प्रमुख खरेलको आग्रह

spot_img

देवदह । देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले सहकारीहरुलाई उत्पादनसँग जोडिन आग्रह गर्नुभएको छ । यस क्षेत्रकै सबैभन्दा धेरै सदस्य भएको कोलीय बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारणसभा तथा अधिवेशनको मुल समारोहमा बोल्दै नगर प्रमुख खरेलले सहकारीको माध्यमबाट आर्थिक विकास गरी देशलाई समृद्धिको बाटोमा लैजान सकिने बताउनु भएको थियो। उहाले पछिल्लो समय वित्तिय क्षेत्रमा अराजकता बढेकोले सहकारीका संचालकहरु सचेत हुनुपर्नेमा समेत जोड दिनु भएको थियो । नगर प्मुख खरेलले सहकारी मार्फत प्राप्त गर्न सकिने ऋणलाई सही रुपमा सदुपयोग गर्न सकेमात्र आर्थिक विकास गर्न सकिने भन्दै आमनागरिकको आर्थिक विकासको लागि सहकारीसंग सहकार्य गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताउनु भयो।

उद्घाटन समारोहमा बोल्दै नेफस्कुनका पुर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सहकारीहरुले सहकारी ऐन र कानुन पालना गर्न आवश्यक रहेको बताउदै ऋणलाई उत्पादन संग जोड्नु पर्नेमा जोड दिनु भयो। सहकारी विज्ञ पोखरेलले सहकारी नाफा मुखी नभई शेयर सदस्यहरुको जिवनस्तर सुधार्न लाग्नु पर्ने बताउनु भयो। उहाले पछिल्लो समय सहकारी ऐन, कानुन र सिद्धान्त अनुसार नचल्दा धेरै सहकारीहरु संकटमा परेको बताउनु भयो।

कार्यक्रममा अध्यक्ष सुवकान्त न्यौपानेले बार्षिक प्रतिवेदन, सचिव कृष्णराज पौडेलले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष प्रजापति सापकोटाले आर्थिक प्रतिवेदन र लेखा संयोजक हरिप्रसाद ढुंगानाले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रम संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको स्वागत र सचिव कृष्णराज पौडेल, व्यवस्थापक विनोद पराजुलीको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img