पाल्पा । डोजर पुरिँदा पाल्पामा चालकको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका –१ दाङका ३० वर्षीय चालक धनबिर खड्काको सडक मर्मत गरिरहेको समयमा डोजर पुरिएर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार रामपुर नगरपालिका – १० टोक्से भन्ने ठाउँको बर्दलेबाट टोक्से जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको डोजरलाई सडक माथिबाट आएको सुख्खा पहिरोले पुरेको जनाएको छ ।
पहिरोले पुरिएर गम्भीर घाइते भएका चालक खड्काको उपचारका क्रममा तानसेनको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको र घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??