मेष : समय मनमोहक रहेको छ।प्रेम तथा सम्बन्धमा भने राम्रो समय रहेको छ। केही नयाँ कुरा सिक्ने अवसर मिल्नेछ ।बिद्यार्थीहरुकालागि भने समय उत्तम रहेको छ। नयाँ काम थालनीका लागि शुभ छैन।
बृष: जग्गाजमिन सम्बन्धी समस्या आउन सक्नेछ।आजको दिनमा कसैका कारणले परिवारमा बिबाद आउन सक्नेछ।प्रेम प्रसङ्ग भने राम्रो देखिएको छैन।मान्यजनबाट सल्लाह लिएर काम गरे लाभ हुनेछ।मित्रजन सहयोग प्राप्त हुने।
मिथुन: आर्थिक कारोबारका लागि समय राम्रो रहेको छ।वैदेशिक रोजगार एवम मित्रहरु बाट लाभ मिल्नेछ।पुराना आफन्त संग भेटघाट हुने योग बनेको छ।पराक्रम बढ्ने छ।
कर्कट : बोली को प्रभाव बढ्ने भएकोले समय रहेको छ। केही शुभ कार्यको थालनी गर्न मिल्नेछ।धन सञ्चयका लागि दिन उत्तम रहनेछ।सम्बन्धका लागि दिन राम्रो रहेको छ।
सिंह : मन स्थिर रहनुको साथै साहस बढ्ने देखिन्छ ।कर्मचारीका लागि भने उन्नतीको समय छ। राजनितिक क्षेत्रमा समेत दिन राम्रो छ। नयाँ कार्यको सोछ बन्नेछ।
कन्या: समय प्रतिकुल रहेको छ। प्रयास गरेका स्थानमा निरास मिल्नेछ। अनायासै समय खर्चिनु पर्ने छ ।स्वास्थ्यमा सामान्य समस्या रहन सक्ला ।चोरी तथा सामाग्री हराउने हुदा ख्याल गर्नु होला।
तुला: सानो सानो काम बाट पनि राम्रो फाईदा हुनसक्छ।प्रसंशा सुन्नाले मन आनन्दित तुल्याउने छ। यात्राका लागि निस्कनु राम्रो समय रहेको छ।आर्थिक कारोबारमा भने फाईदा हुनेछ।
बृश्चिक : सामाजिक कार्यमा सहभागी हुने समय रहेको छ।शत्रुमाथी जित हासिल हुनेछ।थालेको कार्य समापनका लागि भने राम्रो समय छ।पारिवारिक सम्बन्धमा मिठास बढ्ने छ।नयाँ कामको अवसर मिल्नेछ।
धनु: भाग्य प्रबल रहेको छ।धार्मिक कार्यमा सामेल हुने अवसर मिल्नेछ।गुरुजनहरु को सल्लाहले अड्किएको काम बन्नेछ।पुराना आफन्तहरु को आगमन संगै राम्रो खबर सुन्न मिल्नेछ।
मकर: सम्बन्धमा बिबाद बढ्नेछ । केही स्वास्थ्य सम्बन्धी समस्या देखा पर्न सक्छ। मौन बस्दा निकै फाईदा हुन सक्छ भने यात्रामा कष्ट हुने देखिन्छ। नयाँ कामहरु थालनी नगरेमा बुद्धिमानी सावित हुनेछ।
कुम्भ: ब्यापारमा वृद्धि हुनेछ। पार्टनर को सल्लाह अनुसार अगाडी बढनु उचित हुनेछ। नया योजनाहरु को प्रस्ताव आउने हुदा बिशेष ध्यान दिनु पर्ने हुन सक्छ। वैदेशिक यात्रा एवम विदेशबाट धन प्राप्त हुने योग बनेको छ।
मीन : समय अनुकुल नरहेकाले स्वास्थ्यमा समस्या हुनेछ।ऋणधनका सबालमा भने दिन उत्तम रहेको छ ।बिकास निर्माणका कार्य समाबेश हुने अवसर मिल्नेछ।शत्रु भय रहेको छ भने बिबाद पनि हुन सक्छ।विद्यार्थीहरु तथा प्रतिस्पर्धाका लागि समय बिशेष लाभदायक रहेको छ।
नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।
ज्योतिषी : आत्माज्ञान गुरु / अमृता पोखरेल