काठमाडौं । नेपालबाट इजरायल गएका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत सबै बिद्यार्थी दूतावासको सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने तयारी भएको पनि मन्त्रालयले जानकारी गराएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायली सेनाको सहयोगमा सबै विद्यार्थीहरुलाइ सुरक्षित स्थानमा सारिएको र ५० भन्दा बढी विद्यार्थीलाई स्थानान्तरण गरिसकिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??