बुटवल । तिलोत्तमा नगरपालिकाको कार्यालयले सेवाग्राहीकाे लागि नि:शुल्क अटो रिक्सा सेवा प्रदान गर्ने भएकाे छ ।
कार्यालयले सेवा प्रबाहका लागि शंकरपुर चोकदेखि आउने अनि नगरपालिकाबाट सेवा समाप्तिपछि जाने सेवाग्राहीहरुको सुबिधाको लागि नि:शुल्क अटो सेवाको सुरुवात गरेको जनाएकाे छ। बिहान १० बजेदेखी कार्यालय समय सम्म सो सेवा नि:शुल्क उपलब्ध हुने नगरपालिकाले जनाएको छ।
शंकरपुर देखि नगरपालिका सम्म पुग्न यातायात सेवा नहुदा सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो । नि:शुल्क अटो सेवाको सुरुवात सङ्गै सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??