काठमाडौं । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराउदै बिजयी भएको छ ।
मलेसियामा जारी खेलमा टस हारी पहिले ब्याटिङ पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सकेको हो । नेपालले अर्को खेल आइतबार बहराइनसँग खेल्नेछ । त्यसपछि भने नेपालले अक्टोबर १९ मा साउदी अरेबियाको सामना गर्नेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??