spot_img
spot_img
spot_img

इजरायलबाट पहिलो चरणमा एक २५४ जना विद्यार्थी स्वदेश फर्किए

spot_img

काठमाण्डौ । इजरायलबाट पहिलो चरणमा एक जना घाइतेसहित २ सय ५४ जना विद्यार्थी स्वदेश फर्किएका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु शुक्रवार आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । रातिदेखि नै उनीहरुलाई पर्खिएर बसेका आफन्तसँग अङ्कमाल गर्दा सबैका आँखामा हर्षको आँसु देखिन्थ्यो  ।

पहिलो चरणमा नेपाल फर्किएकाहरुमध्ये त्रिभुवन विश्वविद्यालयका ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना गरी एक सय ३२ जना विद्यार्थी छन् । सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति अम्मरराज जोशीले आफ्नो विश्वविद्यालयबाट इजरायल गएकामध्ये एक जना घाइतेसहित ३५ जना विद्यार्थी फर्किएको जानकारी दिनुभयो । इजरायलमा १० जना विद्यार्थी गुमाउनु परेको र एक जना सम्पर्कविहीन भएको घटनाले ठूलो आघात पुगेको भए पनि अन्य विद्यार्थीको सकुशल उद्धार भएकोमा निक्कै खुसी लागेको जोशीले बताउनुभयो ।

नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट उनीहरुलाई आज बिहान काठमाण्डौ ल्याइएको हो । परराष्ट्रमन्त्री एनपी साउद आफैँ हिजो इजरायल जानुभएको थियो । काठमाण्डौ ओर्लिएपछि परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img