spot_img
spot_img
spot_img

सगरमाथामा शिक्षक र अभिभावक बिचमा अन्तरकृया कार्यक्रम

spot_img

रुपन्देही । देवदह —७, शीतलनगरमा रहेको सगरमाथा आवासीय मा.वि.कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु विच बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले अन्तकृया कार्यक्रको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा कक्षा शिक्षकहरु अजिमा पराजुली र अस्मिता थापाले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सृजनात्मक क्षमताको वृद्धि गर्न विषेश ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कक्षा ८ मा नगरपालिका स्तरीय परीक्षा हुने भएकाले विद्यालय र घरमा उनीहरुको पठन पाठनको विषेश निगरानी गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका ७० बढि अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह–प्राचार्य लेखनाथ काफ्लेको सञ्चालनमा सम्पन्न भएको सुनिल पौडेलले जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img