काठमाडौं ।
सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । हिजो शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी उनलाई ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । अवस्था गम्भिर भइपछि यनलाई थप उपचारका लागि आज मेडिकल एस्कर्टिङसहित मुम्बई लगिएको हो । सेढाईंलाई चार्टर्ड उडानमार्फत् मुम्बईको नेशनल बर्न सेन्टरमा लगिएको जनाइएको छ । हिजो बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो ।लेक लागेका आरोहीलाई लिन पाइलट सेढाईं एक्लै गएका थिए ।