spot_img
spot_img
spot_img

असोज ३० मंगलबार को राशिफल

spot_img

मेष :  आजको  दिन शुभ देखिन्छ । प्रियजनको साथले गर्दा आटेको काममा  सफलता  मिल्नेछ । घरमा बहुमूल्य सामानको खरिद   हुने समय रहेको  छ ।  कामको क्षेत्रमा स्तरउन्नती हुनसक्छ।

वृष :वैदेशिक क्षेत्रको कामबाट सफलता मिल्ने  समय  रहेको छ । सुन्दर उपहारहरु हात पर्न सक्छ । कानुनी झमेलाहरु  समाप्त  हुदा  मन  खुशी हुनेछ । आजको दिनमा   नयाँ  योजना बनाएको काममा अगाडी बढ्दा  सफलता मिल्न  सहज हुनेछ । 

मिथुन :  विद्यार्थी  वर्गका  लागि आजको दिन  बिशेष  शुभ  देखिन्छ । परिक्षामा राम्रो नतिजा   आउँन सक्छ  ।  विपरित लिङ्गिमा  आकर्षण  बढ्न  सक्छ । आम्दानीको  नयाँ  स्रोत  पत्ता लाग्ने  समय रहेको छ । 

कर्कट :  समय  सोचे  अनुरप  नहुदा  मन निराश बन्नेछ  । नजिकको मान्छेबाट  धोका हुन सक्छ आफ्ना योजनाहरुलाई गोप्य राख्दा नै बढि  फाइदा  मिल्नेछ । कामको क्षेत्रमा सफलता  पाउँनका  लागि  बढि मेहनत गर्नुपर्ने देखिन्छ ।

सिंह  : व्यक्तित्वमा निखार आउँदा  छिट्टो  अरुको मन  जित्न  सकिनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ ।  वैदेशिक  क्षेत्रमा नयाँ कामको थालनी होला । यात्रा गर्नको लागि  समय  राम्रो देखिन्छ ।

कन्या : लामो समयसम्म रोकिएको  बन्दा  जीवनशैली  सहज  हुनेछ । धार्मीक कार्यमा मन जानेछ । आफन्तको सत्कारमा समय बित्ने  हुदा  मन  खुशी  हुनेछ  ।

तुला : मनोरञ्जनमा समय बित्नेछ । प्रेमी प्रेमीकाको भेटघाट हुने अवसर मिल्नेछ ।  परोपकार  र  सामाजिक उन्नतीको  कार्यमा मन  जाने छ ।

वृश्चिक :समय अनुकुल  नहुनसक्छ  अल्लि  धैर्य  गरेर अगाडी बढ्दा  राम्रो  हुने  हो । काम बिगार्ने पक्ष सक्रिय रहनेछन्, सजक रहनु होला । मनमा नराम्रो सोच आउँनसक्छ । अध्यनमा रुचि घट्नेछ ।

धनु :लामो समयसम्म  रोकिएको धन  हात पर्न सक्छ  । साथीभाईसँग  अचानक भेट हुदा  मन  प्रशन्न रहनेछ । प्रेम  सम्बन्धमा  अगाडी बढ्नको लागि   आजको  दिन  शुभ देखिन्छ । 

मकर :  आजको दिनमा  राजनीति  क्षेत्रको  कामबाट फाईदा मिल्न सक्ने देखिन्छ । रोजगारीको लागि  राम्रो अवसर प्राप्त हुनसक्छ  । परीक्षा दिनेहरुको लागि  राम्रो नतिजा  आउँने  समय रहेको छ  । 

कुम्भ : धार्मिक क्षेत्रको  यात्राहरु  गर्नका लागि  राम्रो  देखिन्छ । पारिवारिक  भेटघाटका समय बित्नेछ । भाग्यले साथ दिने हुदा नसोचेको   धन प्राप्त  हुनसक्छ । 

मीन : अविश्वासका कारण सम्बन्धमा दुरी बढ्दै जान सक्छ आफ्नो  सम्बन्धमा वफदार  रहनु  होला  ।  आर्थिक समस्याले सताउँन सक्छ  फजुल खर्चमा   कटौती  गर्नु  होला । स्वास्थ्यमा  केही समस्या देखिन सक्छ  विशेष  ध्यान  दिनु पर्नेछ  ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img