spot_img
spot_img
spot_img

तिलोत्तमामा राजमार्ग छेउका बिरूवा काटनेलाई ४५ हजार जरिवाना

spot_img

बुटवल । बेलहिया- बुटवल  सडकको किनारमा लगाईएका रुखहरु काट्नेबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जरिवाना असुल गरेको छ। गलत अफवाह फैलाउंदै ६ लेन सडकको दायावाया र बुद्ध परिपथमा लगाईएका छतिवन एस्टोनियाका रुखहरु काट्न थालेपछि नगरपालिकाले रुखहरु काट्नेको पहिचान गरि जरिवाना असुल गर्न थालेको हो।

केहि दिन पहिले ६ लेन सडक र बुद्ध परिपथमा लगाईएका एस्टोनियाका रुखहरु काटिएपछि नगरपालिकाले रुख काट्नेहरुको खोजि गरेको थियो।

रुख काट्नेहरुको पहिचान खुलेपछि जनही ५ हजारका दरले हालसम्म ९ जनाबाट ४५ हजार रुपैया जरिवाना लिईएको नगरपालिकाले जनाएको छ।

६ लेन सडक निर्माणसंगै सडक किनारमा लगाईएका एस्टोनियाका बोटहरुका बारे नकारात्मक हल्ला फैलाईएपछि सडक किनारका कतिपय स्थानीयले यसअघि पनि हुर्किसकेका बोटहरु काट्ने गरेका थिए।

नगरपालिकाले पांचवर्ष पहिले नै सुन्दर र हरियाली तिलोत्तमा बनाउने अभियान संगै सडक किनारमा रुख रोप्ने र सरसफाई अभियान संचालन गरेको थियो। नगरवाशीको अग्रसरतामा ५ बर्ष पहिले लगाएर हुर्किसकेका बोट काटेर नगरपालिकाको अभियानलाई नै विफल पार्न खोज्नेहरुलाई कारवाही गरिएको नगरपािलकाले बताएकाे छ ।

सडक किनारमा लगाईएका एस्टोनियाको पात तथा बोक्राले गर्भवती महिला र पशुचौपायाको गर्भपतन गराउने, यसको हावाले समेत मानिसको स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने गलत हल्ला फैलाएपछि नगरपालिकाले यसको परिक्षण समेत गरेको जनाएको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img