spot_img
spot_img
spot_img

देवदहमा बजार अनुगमनलाई तीव्र पारियो

spot_img

रुपन्देही । चाडपर्वसँगै देवदह नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। स्थानीय किराना पसल, होटल र बेकरी पसलमा बजार अनुगमन समितिका संयोजक कृष्ण प्रसाद अधिकारीको नेतृत्वले बजार अनुगमन गरेको हो।

अनुगमन टोलीले पालिकाभित्र रहेको पसलहरुमा दर्ता गरे/नगरेको सामानको गुणस्तर, उत्पादन मितिको जाँच गरेको थियो। दर्ता नभएको पसलहरुलाई दर्ता गर्न आग्रह समेत गरेको अनुगमन समितिका संयोजक कृष्ण अधिकारीले बताउनुभयो। अनुगमन निरन्तर चलिरहने र नियमविपरीत चलाइएका पसल सबैलाई कारबाहीको दायरमा ल्याउने अधिकारीले बताउनुभयो।

खाद्यन्न पसलको अनुगमन गर्दा उपभोग्य मिति सकिएका तथा लेवल नभएका बिस्कुट, मसला, प्राउन, दालमोट, सुजि, घिउ, बेकरी आईटम संगै करिब ८० लिटर मदिरा जन्य प्रदार्थ लगायतका सामाग्री जफत गरी नष्ट गरिएको देवदह नगरपालिकाका प्रशासकीय अधिकृत एवं बजार अनुगमन समितिका सदस्य सचिव गंगा प्रसाद पन्थीले बताउनुभयो।

बजार अनुगमनमा अनुगमन समितिका संयोजक तथा सदस्यहरु, नगर प्रहरी, देवदह प्रहरी कार्यालयका प्रतिनिधि, संचारकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img