बुटवल ।
दशै नजिकिएसंगै काठमाण्डाै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । गएको २४ घण्टामा एक लाख जनाले उपत्यका तत्थ्याङ्क सार्वजनिक भएको हो । आज शुक्रवार बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक गाडीमार्फत पछिल्लो २४ घण्टामा एक लाख जना बाहिरिएका काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म चार लाख ६६ हजार जना दशैँ मनाउन काठमाण्डाै उपत्यका छाडेर गएका उहाँले बताउनुभयो ।
घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने मानिसको सङ्ख्या बढ्न शुरु भएकाेमा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिनुभयो ।