spot_img
spot_img
spot_img

हमासले आक्रमण गरी बन्धक बनाएकामध्ये दुईजना रिहा

spot_img

एजेन्सी ।

हमासले गत असोज २० गते इजरायलमाथि आक्रमण गरी बन्धक बनाएका बिभिन्न देशका दुई सय नागरिकमध्ये दुइजना अमेरिकी नागरिकलाई रिहा गरेको छ । रिहा गरेका अमेरिकी नागरिकहरुमा आमा र छोरी रहेका छन् । इजरायाली प्रधानमन्त्री बेन्जामिन नेतान्युहले भने हमासले बन्धक बनाएका अन्यको हकमा पनि अपहरणमुक्त गर्ने प्रयास जारी रहेकाले बन्धकमा परेका परिवारलाई धैर्यधारण गर्न अपील गर्नुभएको छ ।

हमासले गरेको आक्रमाणमा इजरायलतर्फ १४ सय जनाको मृत्यु भएको थियो भने हमासतर्फ ४ हजार बढीको मृत्यु भएको थियो ।

हमासको आक्रमणपछि दुई सयभन्दा बढीलाई बन्धक बनाएकोमा अधिकांश विदेशी नागरिक रहेका छन् । बन्धक बनाइएकाहरुमा २० बालबालिका र २० जना वृद्धवृद्धा रहेको इजरायली सेनाले जनाएको छ । बन्धक बनाइएकाहरुमा नेपालका नागरिक बिपिन जोशी पनि रहेको अनुमान गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img