बुटवल ।
मनकामना केबलकार दशैँमा तीन दिन बन्द हुने भएको छ । कात्तिक ६, ७ र ८ गते नवमी, दशमी र एकादशीका दिन बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभएको छ ।
शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने बताईएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??