spot_img
spot_img
spot_img

इजिप्टले रफाह सीमा नाका खोलेपछि सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश

spot_img

एजेन्सी ।

इजिप्टले रफाह सीमा नाका खोलेपछि सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश गरेका छन् । इजरायलले १५ दिनदेखि गाजामा खाद्यान्न, पानी, बिजुली र अत्यावश्यक औषधिसमेत जान दिएको थिएन । इजरायलको नाकाबन्दीपछि गाजामा पुग्ने एकमात्र रफाह नाका इजिप्टले पनि बन्द गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, चीन र संयुक्त राष्ट्र सङ्घको प्रयासमा इजिप्टले सङ्ख्या तोकेर ट्रक प्रवेश गर्न दिने गरी नाका खोलेको हो । आज शनिवार बिहानैदेखि ट्रक गाजा गइरहेका र मानवीय सहायता सामग्री ट्रकबाट झार्दै गरेको तस्बिर सार्वजनिक भएका छन् । इजिप्टले दैनिक जम्मा २० वटा ट्रक मात्रै प्रवेश गर्न दिने जनाएको छ । तर अहिलेको अवस्थामा गाजामा कम्तीमा दुई सय वटा ट्रक मानवीय सामग्री चाहिने राष्ट्र सङ्घले जनाएको छ ।

गाजाका मानिसहरू खाना, पानी, बिजुली, लत्ताकपडा, अत्यावश्यक औषधि लगायतको चरम अभावमा छन् । अस्पतालको उपचार सेवा नै बन्द हुने अवस्थामा छ । संयुक्त राष्ट्र सङ्घीय निकायसँग सम्बद्ध जुलिएट टोमाले गाजामा पानी सकिएको र पानी खानै नपाएर मानिसको ज्यान जाने जोखिम रहेको चेतावनी दिनुभएको छ । उहाँले गाजामा एक जना व्यक्तिले दैनिक दुई लिटर पनि पानी नपाएको बताउनुभयो । गाजामा दैनिक २० ट्रक मानवीय सामग्री समुद्रमा झरेको पानीकाे थोपाजस्तै भएको एजेन्सीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img