spot_img
spot_img
spot_img

स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारीको शुभकामना आदानप्रदान कार्यक्रम

spot_img

बुटवल । स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहले नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्व २०८० को अवसर पारेर शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष विनोद कुमार गुरुङको अध्यक्षता एवं देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख गुरुङले राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा एक आपसमा सामाजिक सदभाव, धार्मिक सहिष्णुता कायम राख्ने बताउनुभयो। उहाले आजभोली चार्डपर्व भड्किलो बन्दै गएको भन्दै संस्कृतिको जग्रेनाका लागि सभ्य रुपमा पर्व मनाउन जोड दिनुभयो।

सोहि अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्ष जित बहादुर पाईजाले यस किसिमको कार्यक्रमले आपसी सम्बन्ध मजबुत बनाउने विश्वास लिएको उहाले बताउनु भयो। कार्यक्रम संस्थाका उपाध्यक्ष सोभा कुमारी थापाको स्वागत र सचिव जय बहादुर पुलामीको सञ्चालनमा सम्पन्न भएको थियो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img