spot_img
spot_img
spot_img

इन्डोनेसियामा हवाई इन्धनमा पाम तेल मिसाएर व्यावसायिक उडान सम्पन्न

spot_img

एजेन्सी ।

इन्डोनेसियाको राष्ट्रिय झण्डावाहक एअरलाइन्स गरुडा एअरले हवाई इन्धनमा पाम तेल मिसाएर सफलतापूर्वक उडान गरेको छ । इन्डानेसियाले पाम तेल मिसाएर सफलतापूर्वक यात्रुवाहक उडान गरेको यो पहिलो पटक भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एक सय जनाभन्दा धेरै यात्रु बोकेर विमान बान्टेन प्रान्तको सोकरनो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै पाँच सय ५० किलोमिटर टाढाको आदि सोमारमो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

गरुडा इन्डोनेसिया एअरका अध्यक्ष निर्देशक इरफान सेतियापुत्रले हवाई इन्धनमा पाम तेल मिसाएर व्यावसायिक उडान गर्नु ठूलो सफलता भएको बताउनुभएको छ । उहाँले खनिज तेलको आयात घटाउनका लागि यो गतिलो फड्को भएको पनि उल्लेख गर्नुभएको छ ।

हवाई र पाम तेल मिसाएर वैकल्पिक जेट इन्धन इन्डोनेसियाको सरकारी स्वामित्वको ऊर्जा फर्म पीटी पेर्टामिनाले उत्पादन गरेको हो । इन्डोनेसियाले २०२१ मा विमानमा यस्तै प्रकारको इन्धन प्रयोग गरी पहिलो परीक्षण उडान गरेको थियो । इन्डोनेसिया विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img