मेष : विशेष लाभ हुने समय रहेको छ। वैदेशिक रोजगारीका लागि राम्रो समय छ। यात्राबाट आनन्द मिल्नेछ । ब्यपार तथा कुनै कुराको बिक्रीवितरणका लागि शुभ रहनेछ।
बृष : कार्य क्षेत्रमा अझै आत्मबल बढ्ने छ। किसान वा निम्नवर्गका ब्यक्तीहरु को सहयोग प्राप्त हुन सक्छ। पश्चिम् बाट राम्रो खबर प्राप्त हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने छ ।
मिथुन : खर्चमा वृद्धि हुनेछ। सहकर्मीहरु संग बिबाद हुन सक्ने एवम पुराना काम दोहोर्याएर गर्नु पर्ने हुन सक्छ। कागजी काममा विशेष ध्यान दिनु होला।
कर्कट : विदेशी मित्रसँग भेटघाट गर्नका लागि राम्रो समय जुर्नेछ । शारिरिक परिश्रमबाट हुने काममा छिट्टो सफलता मिल्नेछ । दाजुभाईको सहयोग मिल्नाले ठूलो समस्या हल हुनेछ ।
सिंह : सृजनात्मक काममा मन जाने छ । जोश जागर बढ्ने हुँदा धेरै कामहरु सफल हुनेछन् । सामाजिक सम्बन्धमा सुधार हुनेछ । पिताको सल्लाह एवम साथ लिएर गरेको काम सफल हुनेछ।
कन्या : व्यक्तित्वमा निखार आउँदा छिट्टो अरुको मन जित्न सकिनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ । वैदेशिक क्षेत्रमा नयाँ कामको थालनी होला । यात्रा गर्नको लागि समय राम्रो देखिन्छ । पुराना मित्रहरु संग कुराकानी हुने एवम नयाँ योजना बन्नेछ।
तुला : समय सोचे अनुरप नहुदा मन निराश बन्नेछ । नजिकको मान्छेबाट धोका हुन सक्छ आफ्ना योजनाहरुलाई गोप्य राख्दा नै बढि फाइदा मिल्नेछ । कामको क्षेत्रमा सफलता पाउँनका लागि बढि मेहनत गर्नुपर्ने देखिन्छ ।
बृश्चिक : वैवाहिक सम्बन्धमा सुधार आउँनेछ । पार्टनरशिपमा गरको काममा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट रकम हात पर्नेछ । मान सम्मान प्राप्त हुनेछ। मन खुशी रहनेछ।
धनु : उपहार प्राप्त हुन सक्छ । नयाँ रोजगार तथा धन प्राप्तिको अवसर जुट्नेछ । प्रिय व्यक्तिसँग मिलन भएर मन प्रशन्न होला । वैदेशिक क्षेत्रसँग सम्बन्धित काम गर्दा सफलता मिल्नेछ ।
मकर : अध्ययनमा रुचि बढ्दै जानेछ । सृजनात्मक कामबाट अरुको मन जित्न सकिनेछ । नयाँ कामको थालनी गर्दा अझ आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्दै जानेछ । न्यायीक क्षेत्रबाट कुनै राम्रो खबर सुन्न पाईने छ।
कुम्भ : सामान्य कुराहरुमा विवाद बढ्दा सामाजिक सद्भावमा समस्या आउँन सक्छ । अनावश्यक डरले मन भयभित हुनेछ । ईज्जत प्रतिष्ठामा दान लाग्न सक्छ कुनै पनि काम गर्दा सावधान भएर अगाडी बढ्नु होला ।
मीन : रचनात्मक समय रहेकाले नयाँ कार्य थालनीमा मद्दत मिल्ने देखिन्छ।आयाआर्जनमा वृद्धि हुनुका साथै पारिवारिक भेटघाटमा समय बित्ने देखिन्छ।ऋण वा सापटी दिनाले अनावश्यक समस्या ल्याउन सक्नेछ निकै बिचार गर्नु पर्ने देखिन्छ।
नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।