एजेन्सी ।
भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिनुभएको छ ।घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ ।यस्तै, दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??