spot_img
spot_img
spot_img

कार्त्तिक १४ गते राशिफलको मंगलबार

spot_img

मेष : भूमी सम्बन्धि कार्यबाट बिशेष लाभ मिल्न सक्छ।पारिवारिक कार्यमा दिन बित्न सक्छ। नसोचेको यात्रा हुन सक्छ। खानपानमा ध्यान दिनुहोला ।

बृष : आत्मबलमा वृद्धि भएपनी मन असान्त रहन सक्छ। मनोरञ्जनमा समय बित्ने छ। खेलकुद तथा रचनात्मक कार्यको थालनी हुनेछ। ब्यपारका लागि राम्रो रहेको छ ।

मिथुन : अनावश्यक यात्रा हुदा शारीरिक थकान बढन सक्छ। अरुको कार्यमा सारथि बन्नु पर्ने छ। मन नपरेका ब्यक्तीहरुका बिचमा रहेर काम गर्नुपर्ने वा सल्लाह लिनु पर्ने हुनसक्छ।

कर्कट : मित्रजनको विशेष साथ प्राप्त हुदा अड्किएको काम सफल हुनसक्छ। बाहान लाभको योग पनि रहेको छ। पुराना लेनदेन को कारोबार मिल्न सक्छ।ऋण लिने वा दिने कार्य भने नगर्दा राम्रो हुनेछ।

सिंह : कार्यक्षेत्रमा प्रसन्नता मिल्ने छ। आफ्नो कार्यशैलीले अरुलाई थप मनोबल दिनुका साथै अरुको मन जित्ने छ। प्रशासनिक कार्यमा सफल्ता मिल्ने छ। लामो समय देखि बिमार भएका आफन्त को केही  खबर सुन्न मिल्ने छ।

कन्या : धार्मिक कार्यमा सरिक हुने योग देखिन्छ। कसैको गोप्य कुरा थाहा पाउनुका साथै कुनै अपराधीलाई कारबाहीको दायरामा पुराउन सफल हुने योग छ। ध्यान एवम योगको थालनी गर्ने राम्रो समयरहेको छ।

तुला : स्वास्थ्यमा बिशेष ख्याल गर्नु पर्ने देखिन्छ। आफन्तको नचाहिदा कुरा वा बिबादका कुरा सुन्नु पर्दा नराम्रो लाग्न सक्छ। पश्चिमको यात्रा नगर्दा मंगल हुने छ। शिक्षा क्षेत्रका ब्यक्तिको साथले काम बन्नेछ।

बृश्चिक : सम्बन्धमा शंका उत्पन्न हुदा सम्बन्ध बिग्रीन सक्छ। कसैको कुरा सुनेर पुर्ण बिश्वास गर्दा धोका हुन सक्छ। एक्लोपन महशुस हुनुका साथै यात्राको योजना बन्न सक्छ।कार्यक्षेत्रमा आलस्यता बढ्दा काम ढिला हुनेछ।

धनु : दिनको मध्यम समयमा  स्वास्थ्यमा क्रमिक सुधार हुन सक्छ । शत्रुहरु पराजित हुनेछन । कुनै पुराना न्यायिक कार्यमा न्याय मिल्नुका साथै राजनीतिक साथ सहयोग मिल्नेछ।

मकर : सन्तानको कार्यले चिन्तित बनाउने छ। दीर्घकालीन योजना बन्न सक्छ। छरछिमेकमा कसैको घटनाको खबरले दुखित तुल्याउन सक्छ।मान्यजनको सल्लाहले काम बन्न सक्छ।

कुम्भ : मन ब्याकुल रहनेछ।घरायसी समस्याले चिन्तित बनाउने छ । पुराना ब्यबार वा लेनदेनको बिबाद देखिन सक्छ। आमाको सल्लाह अनुसार कार्य गरे शुभ हुनेछ।मित्रजनको सहयोग वा बिश्वास लिनु अनुचित हुनेछ।

मीन : वैदेशिक रोजगारी एवम ब्यबस्थापनका कार्यमा सफल्ता मिल्ने छ।समाजिक क्षेत्रमा जिम्मेवारी बढ्ने छ। पुराना साथिभाई संग भेटघाट को योजना बन्ने छ। जोस जागर बढ्ने शुभ योग छ।

 

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img