spot_img
spot_img
spot_img

तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको ज्यान गयो, अर्का घाइते

spot_img

तनहुँ ।

तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको ज्यान गएको छ । जिल्लाको भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

२४ वर्षीय धनबहादुर तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय राजकुमार तामाङ अरिङ्गालले टोकेर घाइते भएका थिए । दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज चितवनमा पठाइएको थियो ।

घाइतेमध्ये राजकुमार तामाङको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाइते धनबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img