काठमाडौं ।
नेकपा (एमाले)ले सबै जिल्ला र पालिका कमिटीको अधिवेशन माघ महिनाभित्रमा गर्ने निर्णय गरेको छ । एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलका अनुसार पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उहाँको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??