spot_img
spot_img
spot_img

मेस्सीले जिते कीर्तिमानी आठौँ पटक बालोन डी’ओर अवार्ड

spot_img

एजेन्सी ।

अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आफ्नै किर्तिमान तोडेर आठौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् । गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई उपाधि जिताउन नेतृत्त्वदायी भूमिका खेलेका ३६ वर्षीय मेस्सीलाई सोमबार पेरिसमा आयोजित समारोहमा पुरुष तर्फको उक्त अवार्ड  प्रदान गरिएको हो ।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४(२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।  बालोन डीुओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।

मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोले यो पाँच पटक जितेका छन् । हालान्डले ३५ लिग खेलहरूमा कीर्तिमानी ३६ गोल र सबै प्रतियोगिताहरूमा ५२ गोल गरेपछि सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जित्यो। उनलाई गर्ड मुलर ट्रफीमा उत्कृष्ट गोलकर्ताको उपाधि दिइएको थियो।

इंग्ल्याण्ड र रियल मड्रिडका मिडफिल्डर जुड बेलिङह्यामले २१ वर्ष मुनिका विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी जितेका छन् ।  रियलकै विंगर भिनिसियस जुनियरले मैदान बाहिर नस्लवाद विरुद्ध उनको योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरे ।

अर्जेन्टिनाको विश्वकप विजेता तथा एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले विश्वकै उत्कृष्ट गोलकिपरको यासिन ट्रफी पाएका छन् । म्यानचेस्टर सिटी लगातार दोस्रो वर्ष वर्षको उत्कृष्ट क्लब घोषित भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img