spot_img
spot_img
spot_img

शीर्ष स्थानमा उक्लिने अवसर गुमायो रियलले

spot_img

एजेन्सी ।

आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बराबरीपछि रियल अङ्क तालिकाको दोस्रो स्थानमा सीमित बनेको हो । १२ खेलबाट रियलको २९ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको जिरोनाको ३१ अङ्क छ । जिरोनाले शनिबार ओसासुनालाई ४–२ गोलले हराएको थियो ।

रियलका लागि भाल्भर्डे, जोसेलु, जुड बेलिङह्याम र भिनिसि जुनियरले गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । कार्लो एन्चेलोटीको टोलीले विपक्षीको पोस्टमा २२ वटा प्रहार गर्ने पनि गोल भने गर्न सकेनन् । रियलको घरेलु मैदानमा भायोकानोले अङ्क बटुलेको सन् २००० पछि पहिलोपटक हो । टोली पछिल्ला ९ खेलमा अपराजित पनि रहेको छ ।

एल क्लासिकोका हिरो खेलको बेलिङह्याम पहिलो हाफमा घाइते भएका थिए । उपचारपछि उनी मैदानमा फर्किए पनि गोल भने गर्न सकेनन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img