एजेन्सी ।
काठमाण्डौ – जापानमा क्रेडिट कार्डबाट हुने भुक्तानीमा समस्या आएको छ । सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको हो । हिजो बेलुकादेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य ठाउँहरुमा क्रेडिट कार्डबाट लेनदेन पूरा गर्न समस्या भोगेको गुनासो गरेका क्रेडिट कार्ड कम्पनीले उल्लेख गरेका छन् ।
ती कम्पनीका अनुसार देशको क्रेडिट कार्ड भुक्तान प्रणाली व्यवस्थापन गर्न जिम्मेवार सेवा कम्पनी जापान कार्ड नेटवर्कले सञ्चालन गरेको प्रणालीमा खराबी आएपछि समस्या देखिएको हो । यसबाट विभिन्न कम्पनीहरूलाई कारोबारमा समस्या भएको अन्तराष्ट्रिय सञ्चार माध्मयले जनाएका छन् ।