spot_img
spot_img
spot_img

तिहारको चौथो दिन,आज गाेवर्द्धन पूजा गरि मनाईदै

spot_img

बुटवल ।

तिहारको चौथो दिन आज गाेवर्द्धन पूजा गरि मनाईदै छ। आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ ।आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गाेवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गाेवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गाेवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविदहरुले बताएका छन । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।

यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । भोलि तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । भोलि बिहान १० बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोलि दिनभरि नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img