spot_img
spot_img
spot_img

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

spot_img

काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मारिएका छन् ।अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका हुन् ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर तस्करले गैँडा मारेको जनाइएको छ ।

निकुञ्जमा यस वर्ष चोरी शिकारीबाट गैँडा मरेको यो पहिलोपटक हो । गतवर्ष प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका थिए भने तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img