रुपन्देही । अधिकार उपयोगसंगै कर्तव्य पनि पुरा गर्नुपर्ने लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले बताउनु भएको छ । उहाले लोकतान्त्रिक व्यवस्थामा आफनो अधिकार प्रयोग गर्दा अरुको अधिकारलाई सम्मान गर्नुपर्नेमा जोड दिनु भयो ।
जनप्रिया सामुदायिक सामुदायिक वन उपभोक्ता समुह देवदह ९ र १० को १३ औं बार्षिक साधारण सभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । पुर्व राज्यमन्त्री समेत रहनु भएका सांसद रज्जाकले प्रजातन्त्र पुनःस्थापना संगै शिक्षा, स्वास्थ्य, सामुदायिक वन, वातावरण, भौतिक पुर्वाधार विकासमा समेत धेरै परिवर्तन भएको दावी गर्नु भयो । उहाले लोकतान्त्रिक व्यवस्थाको विकल्पमा कुनै व्यवस्था नरहेको कारण सफल बनाउन सवैले दायित्व पुरा गर्नुपर्नेमा जोड दिनु भयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सांसद रज्जाकले देश अधिकार आर्थिक रुपमा संकटमा रहेकोले परिवर्तनकारीहरु सवै मिलेर खुसी नेपाली र समृद्ध नेपालको नारालाई साकार बनाउन लाग्नु पर्ने बताउनु भयो । उहाले लोकतान्त्रिक व्यवस्थालाई बलियो र मर्यादीत बनाउनको लागि सवै दलका नेतृत्वले आमनागरिक संग माफी माग्दै भ्रष्टचार र वेतिथि अन्त्य गर्ने प्रतिवद्धता जनाउनु पर्नेमा जोड दिनु भयो । हरियो वन नेपालको धन भन्ने भनाईलाई सार्थक बनाउन सामुदायिक वनहरुलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । उहाले सामुदायिक वन क्षेत्र भित्र रहेका खाली जमिनहरुमा वृक्षारोपण गर्न आवश्यक रहेको औल्याउदै सामुदायिक वनहरुलाई उत्पादन संग जोड्नु पर्ने बताउनु भयो । उहाले वनलाई उत्पादन संग जोड्न सके आमनागरिकको आर्थिक विकास गर्न सकिने बताउनु भयो ।
सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले राजनैतिक परिवर्तन संगै सामाजिक संघ संस्थाहरुको विकास भएको बताउनु भयो । उहाले सामुदायिक संघसंस्थाहरुमा पारदर्शिता आवश्यक रहेको औल्याउनु भयो । उहाले सामुदायिक वनहरु स्थानीय सरकार संग सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले सामुदायिक वनहरुको सहकार्य आवश्यक रहेको औल्याउदै श्रोत र साधन नभएका सामुदायिक वनहरुलाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाले सामुदायिक वनहरुका उपभोक्ताहरुलाई सामुदायिक वनको वारेमा बुझाउन आवश्यक रहेको बताउनु भयो । उहाले संघसंस्थाहरुको साधारण सभालाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।
जनप्रिय साम्ुदायिक वन उपभोक्ता सम्ुहका अध्यक्ष रुका सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–९, का वडाअध्यक्ष मोहन जिसी, १० का वडाअध्यक्ष यकबहादुर सुनार, डिभिजन वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत जयप्रकाशप्रसाद गुप्ता, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, भलुही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा समुहका अध्यक्ष सापकोटाले बार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना, कोषाध्यक्ष द्ुर्गाप्रसाद भुर्तेलले आर्थिक प्रतिवेदन, लेखा संयोजक खडकबहादुर क्षेत्रीले लेखा प्रतिवेदन प्स्तुत गर्नु भएको थियो । सोही अवसरमा वनको संरक्षणमा योगदान दिए वापत पुर्व वन हेरालु जीतबहादुर लामालाई नगद सहित सम्मान गरिएको थियो । समुहका उपाध्यक्ष टेकबहादुर विकको स्वागत र सहसचिव मालिका थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।