एजेन्सी ।
बलिउडका किङग नामले समेत चिनिएका शाहरुख खानका लागि यो २०२३ साल निकै फलिफापको वर्ष रह्यो । उनको पठान र जवान दुवै फिल्म बक्स अफिसमा ब्लकबष्टर बने । अहिले उनी राजकुमार हिरानीसँग डंकीको तयारीमा जुटेका छन् । डंकी चर्चामै रहिरहँदा शाहरुखको आगामी फिल्मबारे चर्चा हुन लागेको छ ।
बलिउड हंगामाका अनुसार शाहरुखको अर्को भेञ्चर सुजोए घोषले निर्देशन गर्नेछन् । यो फिल्ममा शाहरुखको साथमा अरु कोही नभएर उनकै छोरी सुहाना खानको पनि अभिनय रहनेछ । स्रोतहरुका अनुसार यो फिल्म भव्य एक्शन थ्रिलर हुनेछ ।
फिल्मको सुटिङ सन् २०२४ को नोभेम्बरमा शुरु हुँदैछ । अर्को वर्षको मार्चमा शुटिङ सम्पन्न हुने अपेक्षा गरिएको छ । फिल्मको शुटिङ भारत र विदेश दुबैतिर जोरसोरका साथ हुने बताइएको छ । फिल्मको नाम अहिलेसम्म फाइनल भइसकेको छैन । सुजोए घोषको यो महत्वकांक्षी फिल्म ठूलो पर्दामा सुहानाको डेब्यू हुनेछ ।