spot_img
spot_img
spot_img

थाइल्यान्डमा एक बेहुलाले बेहुलीसहित ४ जनालाई गोली हाने

spot_img

एजेन्सी ।

थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् । थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख छ । गोली लागेका सबैकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । गोली चलाउनुकाे कारण भने खुलेको छैन ।

चतुराेङले गएकाे वर्ष इन्डाेनेसियामा भएकाे एसियन पारा गेम्स पाैडीमा रजत पदक जितेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img