spot_img
spot_img
spot_img

लमजुङ अस्पतालमा सुत्केरी आमा र बच्चाकाे मृत्यु भएपछि आफन्तकाे प्रदर्शन

spot_img

लमजुङ ।

जिल्ला अस्पताल लमजुङमा उपचारका क्रममा आमा र शिशुको मृत्यु भएपछि परिवारले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं.-९ पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि परिवारले विरोध प्रदर्शन गरेका हुन् ।

मृतकका आफन्तले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी मृत्यु भएको आरोप लगाएका छन् । पीडितले  मृतक सुत्केरी र शिशुको शव अस्पतालमै राखिएका छन । अहिले लमजुङ अस्पताल तनावग्रस्त हुदा अस्पतालको सेवा प्रभावित बनेको छ ।

शोभालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाबाट मृतक शिशु निकालिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img