काठमाण्डाै ।
नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल सञ्चालनमा आएपछी यिनै पुल हुँदै गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिनुभएको छ ।
यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेको जानकारी दिदै उहाँले अबको केही दिनमा टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो। निर्माणाधीन पुलमध्ये आठ वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??