spot_img
spot_img
spot_img

काठमाडौंमा सुर्तीजन्य पदार्थको बिक्रि बितरणमा पुर्ण रुपमा रोक

spot_img

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाउनदेखि महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूम्रपान गर्न पनि निषेध गर्ने निर्णय गरेको छ । काठमाडौं महानगर भित्रका शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, लगायतका अन्य सार्वजनिक स्थलमा धूम्रपान, चुरोट, बिडी, सुर्ती, खैनी, गुट्खा लगायत अन्य कुनैपनी सुर्तीजन्य पदार्थ मंसिर २७ गतेबाट पूर्ण रुपमा निषेध गरिने महानगरपालिकाले जनाएको छ ।

कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरले चेतावनी समेत दिएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको सरकारको तथ्यांकमा उल्लेख छ भने विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img