एजेन्सी ।
जब निर्देशक सन्दीप रेड्डी वांगाले चलचित्र कबीर सिंहमा शाहिद कपुरलाई कास्ट गर्ने मन बनाए, धेरैले उनको यो निर्णयमाथि प्रश्न उठाएका थिए । त्यतिबेलासम्म शाहिदको कुनै पनि चलचित्रले १ सय करोड कमाउन सकेको थिएन ।
शाहिद अघि यो रोलका लागि रणवीर सिंहसँग कुराकानी गरिएको थियो । तर, रणवीरले चलचित्रलाई ‘डार्क’ भन्दै काम गर्न अस्वीकार गरेका थिए । भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सन्दीपले अर्जुन रेड्डी ब्लकबस्टर भएपछि उनले दोस्रो चलचित्र महेश बाबुसँग बनाउन चाहेका थिए । तर त्यति नै बेला महेश बाबुले अन्य चलचित्रका लागि साइन गरेका थिए ।
त्यसपछि उनले अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंह बनाउने निर्णय गरे । त्यतिबेला बलिउडबाट उनलाई थुप्रै अफरहरू आउन थालिसकेको थियो । रणवीरले अस्वीकार गरेपछि उनलाई यसको रिमेक कहिले पनि बन्दैन भन्ने लागेको थियो । त्यही भएर उनले आफ्नो ध्यान फेरि तेलुगु चलचित्रतिर लगाए । सन्दीपलाई डर थियो, ओरिजिनल चलचित्र हिट भएपछि रिमेक हिट हुँदैन र यो उनको लागि लज्जाको विषय हुनेछ । सन् २०१९ मा रिलिज भएको कबीर सिंह बक्स अफिसमा हिट साबित भयो । ३६ करोड रुपैयाँ भारु खर्च भएको चलचित्रले विश्वभर ३ सय ८० करोड रुपैयाँ कमाएको थियो ।
उनको आगामी चलचित्र एनिमल डिसेम्बरमा रिलिज हुँदैछ । चलचित्रले पहिलो दिन हिन्दी संस्करणमा मात्र ५० करोड भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाई छ । तीन दिनमा चलचित्रले ३ सय करोडको आँकडा छुने उनको जिकिर छ ।