एजेन्सी ।
भारतीय राजधानीमा बुधवार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिबन्ध हटाइएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३६५ बाट २५८ मा झरेको छ । अधिकारीहरूले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) अन्तर्गत अब दिल्ली र गुरुग्राम, फरीदाबादको वरपरका क्षेत्रहरूमा विशेष प्रकारका सवारी साधनहरूमा प्रतिबन्ध लगाइएकोमा अब छुट दिइएको बताए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??