एजेन्सी ।
भारतीय नौसेना प्रमुख एडमिरल आर. हरि कुमारले नौसेनामा महिलाको भूमिका तीव्र गतिमा बढिरहेको बताएका छन् । उनका अनुसार महिलालाई सबै भूमिका र सबै पदहरूमा नियुक्त गरिएको छ। महिला अग्निवीरको संख्या एक हजार नाघेको छ ।
हिन्द महासागर क्षेत्रमा चीन, माल्दिभ्स र पाकिस्तानको गतिविधिबारे एडमिरल कुमारले महासागरलाई साझा सम्पदा मानिएको बताए । ‘महासागरहरू कुनै पनि राष्ट्रको वैध आर्थिक गतिविधिहरूको लागि प्रयोग गर्न सकिन्छ। हामी हिन्द महासागरमा स्थानीय नौसैनिक शक्तिको रूपमा त्यहाँ के भइरहेको छ भनेर नजर राख्न सक्छौं। हामी जहाज, पनडुब्बी, विमान तैनाथ गर्छौँ,’ उनले भने ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??