काठमाडौँ । अमला औषधीय गुणले भरिपूर्ण हुन्छ । यो स्वास्थ्यका लागि वरदानभन्दा कम होइन । यसमा भिटामिन सी र अन्य पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ। यसको सेवनले स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट बच्न सकिन्छ ।
अमला मधुमेहका बिरामीका लागि पनि निकै फाइदाजनक हुन्छ । चिसो मौसममा यसको सेवन गर्नाले रुघाखोकीबाट पनि बच्न सकिन्छ । आमलामा प्रचुर मात्रामा क्याल्सियम हुन्छ । यही कारणले गर्दा अमलाले हड्डीलाई मजबुत बनाउन पनि काम गर्छ र यसमा पाइने पोटासियमले मांसपेशी बलियो बनाउन पनि प्रभावकारी हुन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??