काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित उत्तरदायी व्यावसायिक सम्मेलनमा बोल्दै उहाँले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा सुधार भएको देखिएको भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारी गरेको दाबी पनि गर्नुभयो । बिहीबार मात्रै शासकीय सुधारका विषयमा वृहत छलफल गरेको भन्दै दाहालले यस क्षेत्रमा केही नयाँ गर्नसके त्यसको प्रभावले अर्थतन्त्रमा पनि सुधार हुने अपेक्षा सरकारले गरेको बताउनुभयो ।