दाङ ।
दाङको तुलसीपुरमा खाना पकाउने क्रममा साडिमा आगो सल्किदा एक महिला गम्भीर घाइते भएकी छिन । धोतीमा आगो सल्किँदा तुलसीपुर–७ बस्ने ६९ वर्षीया दुर्पेता जैसी गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार दुर्पेताको आगोले छाती र खुट्टा जलेको छ । घाइते उनलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??